तिलोत्तमामा १५ भन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज

तिलोत्तमामा १५ भन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यार्थीको संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेको छ । नगरपालिकाले कक्षामा १५ जना भन्दा पनि कम विद्यार्थीहरु रहेका विद्यालयलाई मर्ज गर्ने गरेको हो ।

माघ २८ गते नगर कार्यपालिकाको बैठकबाट संस्थागत र सामुदायिक विद्यालय समायोजन लगायत नगरको शैक्षिक सुधारका लागि अध्ययन  गरी आवश्यक पर्ने कार्यविधिसहितको प्रतिवेदन पेस गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिरहेको र सोही कार्यदलको प्रतिवेदनका आधारमा विद्यालय र्मज गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।

तिलोत्तमा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि बढाउनका लागि आफुहरु लागि परेको नगरप्रमुख खाँणले बताए ।  प्रमुख खाँणले उक्त प्रतिवेदनका आधारमा ६ वटा विद्यालय समायोजन गर्ने र ७ वटा विद्यालयको तह मिलान गर्न लागिएको बताए ।

साथै नगरप्रमुख खाँणले संस्थागत विद्यालयलाई १० प्रतिशत छात्रबृति अनिवार्य गरिरहेको र उक्त छात्रवृति प्रदान व्यवस्थित  निष्पक्ष रुपमा प्रदान गरिने बताए । संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म २३ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै २ हजार ३ सय विद्यालयले छात्रवृति पाउने नगर प्रमुख खाँणले बताए । छात्रवृतिको लागि आरक्षणको समेत व्यवस्था गरिरहेकाले जेहेन्दार, विपन्न दलितलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल भुसालका अनुसार बोहिया आधारभूत विद्यालय, (तिलोत्तमा १६)  र कोटहिमाई मिसुजु आधारभूत विद्यालय (तिलोत्तमा १६) लाई कोटहिमाई मिसुजु आधारभूति विद्यालयमा समायोजन (मर्ज) गरिएको छ । यस्तै कोटियामाई आधारभूत विद्यालय (तिलोत्तमा १२) लाई सरस्वती आधारभूत विद्यालय (तिलोत्तमा १२), मेदिनी आधारभूत विद्यालय (तिलोत्तमा ६) लाई शान्ति नमुना माध्यमिक विद्यालय (तिलोत्तमा ५), नमुना आधारभूत विद्यालय (तिलोत्तमा १४) लाई टिकुलीगढ माध्यमिक विद्यालय (तिलोत्तमा १४) मा समायोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

यस्तै नवज्योति शंकरमान आधारभूत विद्यालय (तिलोत्तमा ११) लाई भुल्के माध्यमिक विद्यालय (तिलोत्तमा ११), र समेरी आधारभूत विद्यालय (तिलोत्तमा १३) लाई जनता माध्यमिक विद्यालय (तिलोत्तमा १३) मा समायोजन गरिएको उनले बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल भुसालले विद्यार्थी संख्या कम भएता पनि विद्यालय संचालन गर्नका लागि लागत धेरै लागेकाले मर्ज गर्न लागिएको बताए । साथै उनले ठूला विद्यालयमा मर्म हुने विद्यालयका भवनहरु उक्त विद्यालयले ब्लक रुपमा संचालन गर्ने बताए । विद्यालय मर्ज तथा तह मिलान गर्दा २७ लाख आर्थिक बचत हुने समेत उनले बताए ।

सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरी, आर्थिक विकास समितिका संयोजक गणेश पाठक, वातावरण तथा सुशासन समितिका संयोजक सुरेन्द्र श्रीले पनि गुणस्तरी शिक्षा प्रदान गर्नका लागि व्यापक सुधार आवश्यक रहेकाले विद्यालय मर्ज र तह समायोजन गरिरहेको बताए

प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij