काठमाडौं ।
राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ ।
एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी तथा नेपाली कांग्रेस र समाजवादी पार्टी गठबन्धन बनाएर जाने भएका छन् ।
नेकपाले १८ मध्ये १६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेसले आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन ।
उम्मेदवार चयनको जिम्मा कांग्रेसले पार्टी पदाधिकारीलाई दिएको छ । राजपा र समाजवादीले आजसम्म उम्मेदवार तय गर्ने जनाएका छन् ।
नेकपा र राजापाबीच प्रदेश नम्बर २ मा २—२ सिटमा सहमति भएको छ । कांग्रेस र समाजवादी पार्टीबीच प्रदेश–२ का ४ सीटमा तालमेल गर्ने सहमति भएको छ ।
कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको हो ।
प्रकाशित मिति : शनिबार, पुष १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्