चुनावका बेला गरेको प्रतिवद्धताको ५० प्रतिशत पूरा भयो : मेयर बासुदेव घिमिरे

चुनावका बेला गरेको प्रतिवद्धताको ५० प्रतिशत पूरा भयो : मेयर बासुदेव घिमिरे

तिलोत्तमा नगरपालिकाद्धारा मध्यावधि समीक्षा सार्वजनिक

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मध्यावधि समीक्षा सार्वजनिक गरेको छ ।स्थानीय तहको निर्वाचनपछिको साढे दुई वर्षमा गरेका उपलब्धी प्रस्तुत गर्दै मेयर बासुदेव घिमिरेले आज पत्रकार सम्मेलन गरी चुनावका बेला गरेको प्रतिवद्धताको ५० प्रतिशत पूरा हुने क्रममा रहेको बताउनुभयो उहाले बाँकी ३० महिनामा बाँकी प्रतिवद्धता पनि पूरा गर्ने उहाको भनाइ छ ।उहाले पाँच वर्षे आवधिक योजना र १५ वर्षे रणनीतिक योजनासहित एकीकृत नगर विकास योजना बनाएर काम गरिरहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाले ५० वटा भन्दा बढी नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी गरेको छ । तिलोत्तमा लगानी सम्मेलन गरी कृषि, पर्यटन, उद्योग र सरसफाइ क्षेत्रका २२ परियोजनामा १६ अर्ब लगानी प्रतिवद्धता आएको छ ।
नगरपालिकाले शिक्षा म’ख्य प्राथमिकतामा राखेको क्षेत्र हो बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५ सय ६७ विद्यार्थीलाई दैनिक २५ रुपैयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेको छ । सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन, माध्यमिक तहका २० सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाबाट १४ वटा शिक्षक अनुदान दिएको छ ।
बाल विकास केन्द्रका सहयोगी कार्यकर्तालाई मासिक थप तीन हजार रुपैंयाँ प्रोत्साहन भत्ता, नगर प्रमुखको पारिश्रमिकबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १र१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण, सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ ।
बस सेवा सञ्चालनका लागि ११ विद्यालयलाई अनुदान, सबै विद्यालयका बाल विकास कक्षामा ३२ इन्चको टेलिभिजन राखिदिएको छ ।


स्वास्थ्यतर्फ नगरवासीलाई वार्षिक १५ पोका बराबरको रक्तसञ्चार सेवा निशुल्क, बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता, गर्भवती महिलालाई निःशुल्क क्याल्सियम चक्की, स्वास्थ्य स्वयंसेविका सेवानिवृत्त हुँदा प्रति व्यक्ति ३० हजार रुपैयाँ भत्ता दिने गरेको नगर प्रमुख घिमिरेले बताउन’भयो ।प्रत्येक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने र नगरका कम्ति दुइ स्वाप्थ्य चौकीमा चिकित्सीय सेवा प्रदान गर्ने निति अनरुप चालु र्आिथक बर्षमा बजेट बिनोयजन गरी सेमरा बजारमा स्वास्थ्य चौकीमा चिकित्सीय सुरु गर्ने प्रमुख घिमिरेले बताउन’भयो
आफू निर्वाचित भएको दुई आर्थिक वर्षमा ३६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे, १४६ किलोमिटर सडक ग्राभेल, एउटा पक्की पुल निर्माण गरेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।
शंकरनगर वनवाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माण, दुई किलोमिटर सडकको ट्रयाक निर्माण, ६३ वटा कल्भर्ट, ९ सय ७५ वटा हृयुमपाइप व्यवस्थापन, २७ किलोमिटर सिञ्चाई कुलो, ढल तथा नाली, ७ किलोमिटर तटबन्ध निर्माण गरिएको पनि नगरप्रमुखको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापन गर्दा १२ सय ७० थान विद्युत् पोल र १८ वटा विद्युत् ट्रान्समिटर जडान गरिएको प्रगति प्रतिवेदनमा जनाइएको छ ।

‘ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा’ अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर सरसफाइ, २०७६ साउन १ गतेदेखि प्लाष्टिक झोला, गिलास र प्लेटको किनबेच बन्द, योगिकुटीकोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा हरियाली प्रवर्द्धन कार्यक्रम गरिएको पनि उहाले बताउन’भयो ।
बेगनबेलीलाई सिटी फूल घोषणा गरी त्यसको रोपणलाई प्रोत्साहन, अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण र शून्य खुला पोलोथिन नगर घोषणाको तयारीमा रहेको घिमिरेको भनाइ छ ।


नगरमा उद्यमशीलताको विकासका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरी लघु कर्जा प्रवाह, साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्न वडा नं १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन निर्माण, सिक्सलेन सडकमा बुद्धमूर्ति स्थापना, हरेक वडामा कम्तीमा एउटा पार्क निर्माण, सेमरीमा थारु होमस्टे सञ्चालन गरिएको छ ।
नगरको सार्वजनिक जग्गाको पहिचान, स्वीकृतिविना जग्गा प्लटिङमा रोक, ल्याण्ड पुलिङको अवधारणा, चौपाया छाडा छाड्नेलाई जरिवाना गरिएको पनि प्रगति प्रतिवेदनमा उल्लेख छ ।
गहुँको बीउमा ४० प्रतिशत अनुदान दिएर प्रोत्साहन गर्दा २० प्रतिशत उत्पादन गरेको नगरपालिकाको दावी छ । तरकारी पकेट क्षेत्र, मकै र गहुँ पकेट क्षेत्र घोषणा गरिएको छ । किसानलाई दूध उत्पादनमा प्रतिलिटर १ रुपैंयाँ अनुदान, पशुपालक किसानको बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिएको र २२ वटा सिञ्चाई बोरिङको डिमाण्ड चार्ज भुक्तानी गरेको नगरप्रमुख घिमिरेले बताउन’यो ।महिला बालबालिका तथा सामाजिक न्याय मा उहाले महिला बालबालिका तथा फरक क्षमता भएकाहरुसंग सम्बन्धित चेतना मुलक प्रचा प्रसार सामग्री उत्पादन ,प्रकाशन र बितरण गरिएको छ । एकल महिलाको नाम संचालित व्यसाय कर र सम्पति करमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । लैगिकमैत्री नगरपलिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम संचालन गरिएको छ । ‘समृद्ध नगर खुशी नगरबासी को महाअभियानलाई सफल बनाउन सम्पूर्ण नगरबासी आ आफनो ठाउबाट महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने मान्यताअनुसार काम गरेको र प्रतिपक्षी दल र नगरवासीले आफूहरुलाई साथ दिएको उहाको भनाइ छ ।समृद्ध नगर निर्माणका लागि बिकास निर्माण देखि सामाजिक सशक्तिकरणका सबै काममा हामी हरु सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्नेकमा दृढ रहेको बताउनुभयो

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij