राज्य अपराध संरक्षणको पक्षमा कहिल्यै हुदैन : मुख्य मन्त्री पोख्रेल

राज्य अपराध संरक्षणको पक्षमा कहिल्यै हुदैन : मुख्य मन्त्री पोख्रेल

 देवदह ,जनता टुडे-  प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले आर्थिक क्रियाकलाप वैधानिक नभए सम्म अपराध नरोकिने बताउनु भएको छ । सोमबार रुपन्देहीको देवदहमा बसन्त पौडेल दोस्रो स्मृती सभामा बोल्दै समाजमा हुने अपराधको प्रमुख जड अवैधानिक रकम भएको बताउनु भएको हो । छिटो आर्थिक रुपमा सम्पन्न बन्ने सपनाका कारण युवाहरु अपराधमा संङ्लग्न हुने गरेको उल्लेख गर्दै उहाले आर्थिक पारदर्शितामा जोड दिनुभयो ।

अवैध धन असुल्न युवाहरुको परिचालन गर्ने परीपाटीका कारण युवाहरु आर्थिक अपराधमा युवाहरुको संङ्लग्नता वढेको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।

अपराध मुक्त समाज निर्माण गर्नका लागि अवैध आर्थिक क्रियाकलाप रोक्नु पर्ने र यसका लागि समाजका मानिसहरु आफै लाग्नु पर्ने उहाको भनाई छ । राज्य र प्रहरीलाई गाली गरेर मात्रै अपराध नियन्त्रण नहुने भन्दै मुख्यमन्त्री पाख्रेलले व्यक्ति स्वयम सचेत हुनु पर्नेमा जोड दिनु भयो । अवैध आर्थिक क्रियाकलाप रोकिना साथ अपराध पनि स्वतह रोकिने उहाको दाबी छ ।

अपराधिको राज्य र राजनिती नहुने भन्दै अपराधिहरुले आफ्नो सुरक्षाका लागि राष्ट्रियता समेत बेच्न सक्ने भन्दै उहाले राज्य अपराध संरक्षणको पक्षमा कहिल्यै नहुने जिकिर गर्नु भयो । पार्टी वा राज्य संग जोडेर अपराधका घटनाहरुलाई अझ बलियो नबनाउन उहाले आग्रह गर्नु भयो । अपराधिको कोही आफन्त वा राज्य हुदैन भन्ने मान्यता स्थापित गर्न नसक्दा सम्म अपराधको अन्त्य हुन नसक्ने उहाको भनाई छ ।

फरक प्रसंगमा मुख्य मन्त्री पोख्रेलले बुद्धलाई आफ्नो बनाउन पटक पटक प्रयास गरीए पनि बुद्ध ज्ञानलाई आफ्नो बनाउन पछि परेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद डा।कृष्ण न्यौपानेले अपराध मुक्त समाज निर्माण गर्न राजनितिमा सुधारको खाचो रहेको बताउनु भयो । कार्यक्रममा नेकपा रुपन्देही सचिव निर्मल जिसी, देवदह नगरप्रमुख हिरा बहादुर खत्री, ओम सतिया गाउँपालिका अध्यक्ष हिरा केवट, निलकण्ठ पौडेल र यज्ञमुर्ती गैह्रेले बोल्दै अपराध मुक्त समाज निर्माण गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिनु भयो । बलु पौडेलले २०७४ पुस २१ गते गोली हानी हत्या गरीएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij