नेपाली काँग्रेस बुटवल ७ द्धारा क्रियाशिल सदस्यता वितरण

नेपाली काँग्रेस बुटवल ७ द्धारा क्रियाशिल सदस्यता वितरण

बुटवल, जनता टुडे- ४४ औ राष्टिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ७ ले क्रियाशिल सदस्यता वितरण र वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
नगरको हिलपार्कको फेदीमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति अव्दुल रज्जाकले वडाका २ सय ८६ जनालाई पार्टीको क्रियाशिल सदस्यता प्रदान गर्नु भएको हो ।
सो अवसरमा उहाँले पार्टीको मुल्य र मान्यतालाई आत्मसाथ गदै सवै क्रियाशिल सदस्यहरुलाई संगठन सुद्धढीकरणमा लाग्न आग्रह गर्नु भयो ।
सभापति रज्जाकले पार्टीको क्रियाशिल लिने तर पार्टीको काम नगर्नेहरुलाई नेतृत्वमा रहनहरुले ख्याल गर्नु पर्नेमा जोड दिनु भयो ।
वडा सभापति कृष्ण प्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव रामकृष्ण खाँण, महासमिति सदस्य युवराज गिरि, जिल्ला सदस्य लक्ष्मण आचार्य क्षेत्री, प्रदेश सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डे, प्रदेश सचिव पदमराज गाहा, वडा सचिव दिननाथ गिरि लगायतले वोल्दै पार्टीलाई नयाँ गति दिन र वर्तमान सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्नका लागि क्रियाशिल सदस्यहरुको भुमिका महत्वपुर्ण हुनेहुदाँ सोही अनुरुपका गतिविधी संचालन गर्न आह्वान गर्नु भयो ।
कार्यक्रममा वडाका क्रियाशिल तथा साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमा वनभोजका साथै विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij