काठमाडौं
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले सपथ लिएका छन्। दुवै आयोग रिक्त भएको नौ महिनापछि नयाँ पदाधिकारीले आज सपथ लिएका हुन्। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको समितिले आयोगका पादाधिकारीको नाम सिफारिस गरेको थियो।
सत्यनिरूपणका लागि गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद तथा गोपनियताको सपथ गराउनुभयो। यस्तै दुवै अध्यक्षले आयोगका सदस्यहरुलाई सर्वोच्च अदालतमा आयोजित एक समारोहमा सपथ गराउनुभयो।
सत्यनिरुपण आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता प्रचण्डराज श्रेष्ठ (काभ्रे), वरिष्ठ अधिवक्ता तथा नेपाल ल क्याम्पसका पूर्वप्रमुख गोविन्द गौतम (दाङ), अधिवक्ता मन दाहाल (मोरङ) र अधिवक्ता विष्णु पोखरेल (बर्दिया) छन्। त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी (चितवन), अधिवक्ता गंगाधर अधिकारी पिएचडी (बागलुङ), अधिवक्ता सुनिल रञ्जन सिंह (सर्लाही), अधिवक्ता सरिता थापा मगर (तनहुँ) हुुनुहुन्छ
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्