राष्ट्रियसभा निर्वाचनको १८ सदस्यका लागि भएको मतदान सम्पन्न, कहाँ-कति खस्यो मत ?

राष्ट्रियसभा निर्वाचनको १८ सदस्यका लागि भएको मतदान सम्पन्न, कहाँ-कति खस्यो मत ?

काठमाडौं ।
राष्ट्रियसभाको रिक्त १८ सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ । करिब ९८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएको हो ।
प्रदेश–१प्रदेश नम्बर–१ मा कुल ३६७ मतदाता रहेकामा ३६४ मत खसेको छ । जसमा एकजना प्रदेशसभा सदस्य र दुईजना स्थानीय तहका जनप्रतिनिधितर्फको मत खसेन ।
प्रदेश–२प्रदेश नम्बर–२ मा ३७९ मतदाता रहेकामा शतप्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
वाग्मती प्रदेश यस्तै, वाग्मती प्रदेशमा ३४८ मतदाता रहेकामा ३४४ मत खसेको छ । जसमा प्रदेश सांसद दुई र स्थानीय तहतर्फ दुई मत खसेन ।
गण्डकी प्रदेश् गण्डकी प्रदेशमा २३० मतदाता रहेकामध्ये २२८ मत खसेको छ । जसमा स्थानीयतर्फका एकजना नेपाली कांग्रेस र एकजना नेकपाका सांसदले मत हालेनन् ।
गण्डकी प्रदेशमा नेकपाबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र ‘अन्य समूह’बाट महिलातर्फ भगवती न्यौपाने विजयी हुने निश्चित भएको छ ।
प्रदेश–५ प्रदेश नम्बर–५ बाट कुल ३०५ मतदाता रहेकामा ३०३ मतमात्र खस्यो । जसमा नेकपाका दुईजना सांसदले मतदान गरेनन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट कुल १९८ मतदाता रहेकामा १९५ मत खसेको छ ।
सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशबाट २२९ मतदाता रहेकामा २२७ मत खसेको छ । जसमा स्थानीय तहतर्फ एक र प्रदेशसभा सदस्यतर्फ एकजनाको मत खसेन ।

मतगणना बिहीबारै साँझ ६ बजेबाट सुरु हुने र बिहीबारै नतिजा आउने आयोगले जनाएको छ ।

सिट प्रदेश–१ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश–२ मा महिला, दलित, अपांगता वा अल्पसंख्यक र अन्य समूहमा चारजना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईरदुईजना र प्रदेश–५ मा महिला, अपांगता वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजनाका लागि मतदान भएको हो ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई/दुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचित हुनेछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले १६, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले दुई/दुईजनालाई उम्मेदवार बनाएका छन् ।

मतभार

सातओटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता छन् ।

प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ रहेको छ ।

मतदानस्थल मतदानका लागि प्रदेश–१ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश–२ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको थियो ।

यसैगरी, प्रदेश–५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij