काठमाडौँ
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङ्गे लाई पहरीले पक्राउ गरेको छ । पोखराको लेकसाइडबाट उनलाई केहीबेरअघि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेलगत्तै मनाङ्गे पक्राउ परेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाकास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए ।
पोखरामा जारी मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्