काठमाडौँ ।
विगत लामो समयदेखि कांग्रेस पार्टी कार्यलय परिसर सानेपामा जारी नेविसंघको रिले अनसनमा सहभागिहरुले पार्टी नेतृत्व असहिष्णु र अवसरवादी हुँदै गएकाले नेता र कार्यकर्ताबीच नै विश्वासको संकट पैदाभएको बताएका छन् । रातदिन दुइ समुहमा पालैपाले अनसन बस्दै आएका अनसनरत कतिपय विद्यार्थीहरु चिसोले विरामी पर्दा समेत नेतृत्वले ध्यान नदिएको उनिहरुको भनाई छ ।
अनसनका क्रममा धेरै जसो विद्यार्थीहरु भोकभोकै बस्ने गरेको र विरामी पर्दा औषधी समेत नपाएको भन्दै आफ्नै कार्यकर्तामाथि नेतृत्वले स्वैतआतंक मच्चाएको पूर्व विद्यार्थी नेताहरुको आरोप छ । संगठनको हितका लागि माग राख्दा नेतृत्व सचेत हुनुपर्नेमा उल्टै अनसनरत विद्यार्थीहरुलाई धम्की दिने गरेको उनिहरुले बताएका छन ।
पार्टीको नेतृत्व तहबाट वेवास्ता हुन थालेपछि पञ्चायत कालदेखि नेसिंघको नेतृत्व सम्हाल्दै आएको पूर्व विद्यर्थी नेताहरुको अनसनमा सहभागि हुने र सात्वना दिनेक्रम पनि पछिल्लो समय बढ्न थालेको छ । नेविसंघका पूर्व सहमहामन्त्री विष्णु पन्थी,बद्री अर्याल लगातका विद्यार्थी नेताहरुले आफ्नै विधान कार्यन्वयन गर्न नचाहने नेताहरुको प्रबृतिले संगठन लथालिङ्ग भएको आरोप लगाएका छन् ।
अनसन स्थल पुगेको पूर्व अध्यक्ष गणश भट्टले पार्टी नेतृत्वले पार्टीलाई चलायमान बनाउनका लागि भातृ संगठनहरुलाई क्रियासिल बनाउनुपर्ने ठाँउमा आफ्नै कार्यकर्ताको अवमुल्यन गरिहेको बताए । नारायण कोइराला, अष्ठकुमार शाही, इन्दीरा तिवारी लगायतका विद्यार्थी नेताहरुले पार्टी भन्दा गुटलाई बोकेर हिड्ने प्रबृति नेताहरुमा बढेको भन्दा विद्यार्थी संगठनलाई बलियो बनाउन कांग्रेस पार्टीबाट गुटको अन्त्य हुनुपर्ने बताएका छन ।
अनसनमा बसेकाहरुलाई सान्त्वना दिन देवेन्द्र बस्नेत,जगदिश पौडेल,खिमानसिंह रायमाझी,सुर्य राई लगायतका विद्यार्थी नेताहरु दैनिक जसो अनसन स्थल पुग्ने गरेका छन् । उनिहरुले अनसनमा बसेकाहरुको अवस्था पार्ती नेताहरुलाई जानकारी गराए पनि अहिले सम्म महामन्त्री द्वय र कोषाध्यक्षले अनसन स्थलमा आएर आश्वासन मात्रै दिएको विद्यार्थीहरुको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्