अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाकाे सभामुख पदमा निर्विरोध निर्वाचित

अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाकाे सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाण्डाै – प्रतिनिधि सभाकाे सभामुख पदमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित हुनुभएकाे छ ।

आइतबार बसेकाे संसद बैठकले सापकाेटालाई निर्विराेध निर्वाचित गरेकाे हाे ।

सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले  उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।

सापकाेटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले  समर्थन जनाउनुभएकाे थियाे ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख चुनावको मिति तय गरेको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गएकाे असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गएकाे पुस ४ गते सुरु भएको संघीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij