काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आज शनिबार पनि विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गरेका छन् ।
काठमाण्डौको राष्ट्रियसभागृहमा चलिरहेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि समूहले सुझाव प्रस्तुत गरिरहनुभएकाे हाे ।
बैठकमा समूहका तर्फबाट खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, पूर्णकुमारी सुवेदी, रेणु दाहाल लगाएतले प्रतिवेदन पेश गरिसक्नुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको आलोचना गरेका छन् । केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ । हिजो ४ समूहले प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन राख्ने क्रम सकिएपछि भोलि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको हो ।
प्रकाशित मिति : शनिबार, माघ १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्