पोखरा ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा घोटाला प्रकरणको छानबिन र त्यसपछि अख्तियारले दायर गरेको मुद्दालाई ‘सुशासन तर्फको पाइला’ भनेकी छिन् ।
सहकारी विभागले पोखरामा गरेको कार्यक्रममा उनले भनिन– ‘मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण । सरकारले अहिले प्रकृया अगाडी बढाएको छ । यसबारे धेरैले निकै प्रश्न गरे । दुई पटक मैले सदनमा जवाफ दिए । अहिले बालुवाटारमाथि एक्सन हुँदा केही उफ्रिरहेका छन् । किन
मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउँदै उनले २६४ विगाहा सरकारी जग्गा कानूनी रुपमै फिर्ता गरिसकेको बताइन् ।
उनले १३ विगाहा जग्गा फिर्ताको अन्तिम तयारीमा रहेको पनि बताइन् । ‘सरकारी जमिन जोगाउँदा जोसुकै परेपनि परोस्, माफ गरिँदैन’– मन्त्री अर्यालले भनिन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्