बुटवल-अनेरास्ववियू लुम्बिनी वाणिज्य क्याम्पस कमिटिले जनयुद्ध दिवस भब्यताको साथ मनाएको छ। उक्त कार्यक्रममा साविक अनेरास्ववियुका अध्यक्ष बिजय कार्किले जनयुद्ध ले देशमा गणतन्त्र स्थापना गर्न र राजनितिक परिवर्तन को लागि ठुलो भुमिका खेलेको बताउनुभयो।
त्यसैगरि साबिक अखिल क्रान्तिकारी का अध्यक्ष प्रशान्त बन्जाडेले हिजोको सामन्ति सत्ता परिवर्तन गर्न र शोषित पिडित तथा उत्पिडन मा परेका समुदाय को उत्थानको निम्ति योगदान गरेको बताउनुभयो। उक्त कार्यक्रममा साबिक अखिल क्रान्तिकारी का सचिव बिराज चालिसेले बिद्यार्थी हरु बिच बोल्दै जनयुद्ध र जनआन्दोलन का सहिदहरुप्रति हार्दिक श्रद्धान्जलि, बेपत्ता योद्धा हरु प्रति उच्च सम्मान र घाईते योद्धाहरूलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिद्यार्थी हरुलाई शुभकामना दिनुभयो। साथै जनयुद्ध का प्रथम शहिद गोरखाका ११ बर्षिय कक्षा ४ मा अध्ययनरत दिल बहादुर रम्तेलको बिं सं. २०५२ साल फागुन १४ गतेको बलिदानिको स्मरण गर्दै शहिदको सपना पुरा गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो।
बिद्यार्थी लाई टिका लगाईदियर मिठाई बितरण गरेर गरिएको उक्त कार्यक्रमको क्यापसमा गरियको कार्यक्रम साझ ६ बजे पुस्पलाल पार्कमा दिप प्रज्वलन गरेर समापन गरियको थियो। लुम्बिनी वाणिज्य क्याम्पसका अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी दुबै कमिटि हरु एकताको भाव अनुसार विद्यार्थी को पक्षमा काम गरिरहेको र रुपन्देहीका अन्य क्याम्पस कमिटिहरुलाई पनि एकताको राम्रो सन्देश २५ औँ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियू लुम्बिनी वाणिज्य क्याम्पस ले गरेको कार्यक्रमले दिएको छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्