सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा राजीनामा

काठमाडौं-सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन्। उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनले राजिनामा दिनुपर्ने माग गर्दे संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी गरेको थियो ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए ।

उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij