वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय

वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताउनुभयो ।

अब गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ ।

राष्ट्रिय सभा सदस्यको हैसियत प्रतिनिधि सभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भए पनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij