अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ ।

मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष बुझाएको शितल निवास स्रोतले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उहाँलाई ६ महिनाको लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहेको छ ।

तर ६ महिनाभित्र उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ । सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्‍याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij