बुटवल – प्रदेश नं ५ को प्रदेशसभामा नवनियुक्त प्रदेश सभा सदस्य शंकर गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
प्रदेश सभा सचिवालयमा आयोजित एका कार्यक्रमकाबीच प्रदेश ५का सभामुख पुर्ण बहादुर घर्तीले गिरीलाई सपथग्रहण गराउनु भएको हो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसी, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी,प्रतिपक्ष दल नेपाली काँग्रेस संसदिय दलका सचेतक निर्मला क्षेत्री, संसदीय समितिका सभापति तथा सांसदहरुले सांसद गिरीलाइ सुभकामना दिनु भयो ।
प्रदेश ५का विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि रिक्त भएको पदमा नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले गिरीलाई प्रदेश सभा सदस्यमा नियुक्त गरेको थियो ।
सपथ पश्चात पत्रकारहरुसँग कुरा गर्दै प्रदेश सभा सदस्य गिरीले निष्ठाको राजनीति गर्दै आएको र राजनीतिमा पद्धति बसाल्न सके सबैले न्याय पाउने बताउनु भयो । एस एल सीको परिक्षा सकिएकै दिन १६ बर्षको उमेरदेखि सकृय राजनीतिमा लागेको स्मरण गर्दै उनले लोकतन्त्रको संस्थागत विकास गर्ने कार्यमा लाग्ने बताउनु भयो ।
३ कार्यकाल नेपाली कांग्रेस दाङ जिल्ला सचिवको पदमा रहेका उनी बाह्रौ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित हुनु भएको थियो । उहाँ महासमिति सदस्य समेत हुनु भयो । १६ वर्षको उमेरमा २०२७ सालमा तुल्सीपुरको राप्ती अञ्चलका अञ्चालाधीश परिषरमा कालो झण्डा गाडेर गिरीले राजनीतिको सुरुवात गर्नुभएको थियो ।
२०३१ सालमा नेपाली कांग्रेसले थालेको ससस्त्र संघर्षका क्रममा पेस्तोल सहित गिरफ्तार भएका गिरी २०३६ सालमा बहुदल प्रचार समिति दाङको सचिवको जिम्मवारी समेत सम्हाल्नु भएको थियो ।
२०३८ सालको निर्वाचन बहिस्कार र ०४२ सालको सत्याग्रहमा उनी जेल परेका थिए । २०४० सालमा पार्टीको राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य हुनुभयो ।
शिक्षण पेशाबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका गिरीले प्रदेश सभा सदस्यमा सिफारिस गरेर पार्टीले आफुलाई न्याए गरेको बताउनु भयो ।प्रदेश ५का विपक्षी दल नेपाली कांग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ५ गते ८२ वर्षको उमेरमा फोक्सोको क्यानसरबाट निधन भएको थियो ।
शर्माको निधन पश्चात कांग्रेसमा प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त भएको थियो । सोही पदमा निवार्चन आयोगको गत चैत २ गते बसेको बैठकले प्रदेश सभा सदस्यामा शंकर गिरीलाई निर्वाचित भएको घोषणा गरेको हो । कांग्रेसको सिफारिसमा सो पदमा गिरीलाई प्रदेश सभा सदस्य नियुक्त गरिएको एक साता पछि आईतवार प्रदेश ५को संसद सचिवालयमा सभामुख पुर्ण बहादुर घर्तिले सपथ ग्रहण गराउनु भएको हो ।शंकर गिरी प्रदेश सभा सदस्यको रुपमा नियुक्ति भएसंगै कांग्रेसमा सांसद संख्या १९ जना पुगेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्