बुटवल :राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे ।
निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषण गरे, ढुक्क हुनुस्, ६/७ किलोमिटर सुरुङमार्ग खनेरै भएपछि चाँडै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ । उनले त्यही बेला भन्न भ्याए यो नाका चीनसँग खोल्ने नाको उच्च प्राथमिकतामा छ ।
प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले घोषणा गरेको सडकको ८ महिनापछि नियमित आईरहेको बजेटसमेत काटेर सडक विभागले निर्माणधीन काम समेत रोक्न निर्देशन दियो ।
विभागको निर्देशनपछि उक्त सडक अहिले अलपत्र पर्ने अवस्थामा रहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्