काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिनुभयो ।
यस्तै क्वारेन्टाइन स्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय गरेको छ ।
अहिले बसिरहेको मन्त्रीपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्