दशगजा क्षेत्रमा रहेको भौतिक संरचना तत्काल हटाउन सरकारलाई निर्देशन

दशगजा क्षेत्रमा रहेको भौतिक संरचना तत्काल हटाउन सरकारलाई निर्देशन

काठमाडौ
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यता विपरित रहेका वस्ती, सडक, बाँध तथा तटवन्धलाई भत्काउन र हटाउन निर्देशन दिएको छ ।
भारतसँगको सीमा क्षेत्रका विषयमा छलफल गर्न बसेको समितिको बैठकले दशगजा क्षेत्रमा भारतले निर्माण गरेका संरचना र मानववस्तीलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्देशनमा भनिएको छ ‘अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरित सीमा क्षेत्रको दसगजा ९नो म्यान्स ल्याण्र्डमा रहेका वस्ती, सडक, बाँध तटवन्धलाई हटाउन, भत्काउन तत्काल आवश्यक पहल गर्ने ।’ यस्तै दशगजा खालि गरेपछि नापी कार्यालय सहितको एकिकृत कार्यालय र स्थानीय बासिन्दालाई प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

समितिले ठूला नदीमा आफैले सीमा स्तम्भ बनाउन समेत सरकारलाई निर्देशन दिएको छ । अहिले सीमामा ठूला नदीमा सीमा स्तम्भ बनाउने जिम्मा भारत सरकारको रहेको छ । तर भारतले सहमति अनुसार सीमा स्तम्भ निर्माण नगरेपछि समितिले सरकारलाई आफै सीमा स्तम्भ बनाउन निर्देशन दिएको हो ।
यस्तै जिपिएस मार्फत सीमा स्तम्भको खोजि गरी संख्या बढाउन समेत निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ ‘जिपिएस मार्फत सीमा स्तम्भको खोजि गरी संख्या बढाउने, ठुला नदिहरुमा सीमा स्तम्भ निर्माणको काम नेपाल सरकारलाई गर्न निर्देशन दिने ।’
समितिले सशस्त्र प्रहरी बललाई सीमा निगरानी, अवैध आप्रवास तथा तस्करी नियन्त्रणको जिम्मेवारी दिनेगरी ‘सशस्त्र प्रहरी बल ऐन २०७४’ लाई संशोधन गर्ने समेत नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ‘सशस्त्र प्रहरी बलका सुरक्षा कर्मीलाई सीमा निगरानी अवैध आप्रवास तथा तस्करी नियन्त्रणको जिम्मेवारी दिनेगरी सशस्त्र प्रहरी बल ऐन २०७४ लाई संशोधन गर्ने व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिने ’ समितिको निर्देशनमा भनिएको छ ।

यस्तै सीमामा बोर्डर आउटपोस्ट ९बिओपी०लाई अत्यावस्यक सुविधा सहित बाह्रै महिना बस्न सक्ने गरी परिचालन गर्न र बिओपीको संख्या तथा बिओपीमा रहने प्रहरीको संख्या बढाउन समेत निर्देशन दिएको छ ।

विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका साथै डुवानको सम्बन्धमा यस अघि दिएका निर्देशनहरु सम्बन्धित निकायहरुले कार्यान्वयन नगरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

यसबाहेक विपद सँग सम्बन्धीत उच्च स्तरीय समिति, प्राधिकरण महासाखा कोष लगायतका संरचनालाई समन्वायात्मक रुपमा परिचालन गरी अनावस्यक संरचना खारेज गर्न र कानुनमा व्यवस्था भए अनुसार एकद्धार प्रणाली मार्फत विपद व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बाढी, डुवान, पहिरो, भूकम्प, चट्याङ, आगलागी, हावाहुरी जस्ता प्रकृतिक विपदबाट मानविय एवं भौतिक क्षति न्यूनीकरणका लागि ठोस नीति अख्तियार गरी समेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij