सरकारी स्कुलमा क्वारेन्टाइन, शुल्क उठाउन निजीमा विद्यार्थी भर्ना?:कांग्रेस सचेतक खाँण

सरकारी स्कुलमा क्वारेन्टाइन, शुल्क उठाउन निजीमा विद्यार्थी भर्ना?:कांग्रेस सचेतक खाँण

काठमाडौ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारी विद्यालयमा क्वारेन्टाइन रहेका बेला शिक्षा मन्त्रीले अब छिटै विद्यालय चल्छन् भन्दै हिँडेको बताएका छन्।
‘शिक्षामन्त्रीले अब विद्यालय चल्छन्। परीक्षा लिइन्छ भन्दै हिँड्नुहुन्छ। भर्ना हुन आउ भन्नुहुन्छ,’ आइतबार प्रतिनिधिसभा संसद बैठकमा खाँणले भने, ‘देशभरका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने। नागरिक राख्ने। अनि कसरी विद्यालय चल्छ।’
क्वारेन्टाइनमा सरकारले नागरिक राखे पनि खानालगायत सेवा सुविधा नदिएको उनको भनाइ छ।
‘कसैलाई भोकै रहन दिन्न। मर्न दिन्न भन्ने अनि क्वारेन्टाइनमा बस्नेलाई आफैं खाना लिएर आऊ भन्नेरु’ उनले प्रश्न गरे।
निजी विद्यालयहरू सञ्चालन हुन थालेकोप्रति सांसद खाँणले पठनपाठनका लागि भन्दा पनि शुल्क लिनका लागि निजीमा भर्ना सुरू भएको बताए।
‘सरकारी विद्यालय क्वारेन्टाइन, निजीलाई शुल्क लिन सञ्चालन गर्ने यो विलकुलै अनुचित हुन्छ,’ उनले भने, ‘विद्यालय चलाउने हो भने सबै चलाउनुपर्छ।’ जेठ २१ गतेदेखि केही निजी विद्यालयमा विद्यार्थी भर्ना सुरू भएका छन्।

उनले त्रिभुवन विश्वविद्यालयमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक हजार चार सय दरबन्दीमा शिक्षक राखिएको उल्लेख गर्दै ती शिक्षकले अहिले तलब नपाएको बताए।

‘आंशिक शिक्षकलाई त्रिविले तलब दिएन। दालचामल विहीन हुनुभएको छ। यस्तो हृदयविहीन बन्न सरकार मिल्दैन,’ उनले भने।
अर्थमन्त्रीले पेश गरेका बजेटका कतिपय प्रावधान शिक्षा मन्त्रीले फरक मत राखेको भन्दै व्यंग पनि गरे।
‘सरकारले ल्याएको बजेट मन्त्रीपरिषदबाट स्वीकृत हुने प्रचलन छ। यसपटक भयो भएन मन्त्रीजीलाई थाहा होला,’ उनले थपे, ‘अर्थमन्त्रीले पेश गरेको बजेटका कतिपय प्रावधानमा स्वयम शिक्षामन्त्री नै गीत गाउँदै हिँड्नुभएको छ।’उहाले
सरकारले चकलेटमा भन्सार घटाउने सरकाले विद्युतीय गाडीमा भन्सार बढाएर दुनियाँ हँसाएको टिप्पणी गर्नुभएको छ
‘सरकारले चक्टलेमा भन्सार घटाएर चक्लेटी निर्णय गरेको छ ।’ मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपने त्यसो हुन नसकेको भन्दै खाँडले सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।” उहाँले विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो । ‘चकलेटमा भन्सार घटाउने, स्वदेशी चुईंगममा अन्तशुल्क लगाउने अनि आयात प्रतिस्थापन हुन्छ रु’, खाँडले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij