नेकपाको स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित

नेकपाको स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित

काठमाण्डौ  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ । बैठक आजको लागि तय गरिएको थियो ।

पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको बताइएको छ । पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा रहनु भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुब पद छाड्न दबाब दिदैं आएपछि नेकपाको बिबाद चुलिएको हो ।  दबाबका कारण तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र बिचको एकता प्रक्रिया नै धरापमा परेको छ ।

जारी स्थायी समितिमा प्रचण्ड नेपाल समूहका करिब ३० स्थायी समिति सदस्यले प्रम ओलीको राजीनामाका लागि एक स्वर गर्दै आएका छन्् । तर प्रधानमन्त्री ओली ले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछोड्ने अडान लिइरहनु भएको छ । बरु उहाँले पार्टी बिभाजन गर्ने धम्की दिदै आउनु भएको छ ।

नेकपामा आन्तरिक बिबाद चर्किदै गएपछि चिनिया राजदुतले नेताहरु संगको भेटघाट तिब्र पार्नुभएको छ । उहाँले बरिष्ठ नेता माधबकुमार नेपाल , झलनाथ खनाललाई भेटेर बिवाद मिलाउन सहजीकरण गरिरहेको भन्दै नेकपाकै नेताहरुले अनावश्यक हस्तक्षेप भन्दै आलोचना गरिरहेका छन ।
नेकपाको आन्तरिक बिवादमा दुई छिमेकी देश चीन र भारत मुछिएका छन । प्रधानमन्त्री ओली का अनुसार प्रधानमन्त्री लाई हटाउन भारतीय राजदुत सक्रिय छन भने ओली सरकार जोगाई राख्न चिनिया राजदुत सकृय देखिएका छन ।

प्रकाशित मिति : बुधबार, असार २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij