विभिन्न माग सहित त्रिभुवन बिश्वबिद्यालयका उपकुलपतिलाई दलित विद्यार्थीद्वारा ज्ञापनपत्र

विभिन्न माग सहित त्रिभुवन बिश्वबिद्यालयका उपकुलपतिलाई दलित विद्यार्थीद्वारा ज्ञापनपत्र

काठमाडौ
विभिन्न माग सहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई दलित विद्यार्थीले ज्ञापनपत्र बुझाए ।
स्कुम नरसंहार लगायत यो बिच भएको जातिय हत्याहिंसा विरुद्ध किर्तिपुरमा आन्दोलन गरिरहेका युवाविद्यार्थीले रवि सेन्चुरीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटालाई विभिन्न माग सहित ११ बुदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा दलित अध्ययान केन्द्रको स्थापना, त्रिभुवन विश्वविद्यालयको छात्रबासमा २० प्रतिशत कोटा हुनुपर्ने, छात्रवृत्ति, समानुपातिक रुपमा प्रध्यापक तथा कर्मचारी व्यवस्था हुनुपर्ने, दलित समुदाय केन्द्रित बहस, छलफल, सेमिनार, खोज अध्ययान अनुसन्धान हुनु पर्ने त्यसमा दलित विद्याथीहरु लाई प्रथामिकता दिनु पर्ने मागहरु रहेका छन् ।
ज्ञापनपत्र बुझाउदै नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठनका केन्द्रिय सह–संयोजक रवि सेन्चुरीले समाजमा रहेको जातिय विभेद हटाउनमा निम्ति राजनैतिक संगै मानसिक चेतनामा पनि परिवर्तन हुन आवश्यक रहेको त्यसका निम्ति विश्वविद्यालयले भुमिका खेल्नुपनेमा जोड दिएका थिए । विद्यार्थीहरुको ज्ञापनपत्र बुझदै उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाले आफु यस कुरामा आफु गम्भिर रहेको साथै के कसरी हुन्छ अबका दिनमा प्रागिक माध्यमबाट जातिय विभेद विरुद्ध नितिनियम बनाएर काम गदै जाने प्रतिबधता व्यक्त गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउन अनेरास्ववियु उत्पीत राष्ट्रिय सम्पर्क कमिटिका सह–संयोजक रामलाल राजवशी विश्वकर्मा, दलित विद्यार्थी युनियन त्रि.वि बाट प्रेम वि.क, त्यस्तै जगत वि।क, नविन तिवारी, कलम बहादुर वि।क, प्रदिप वि.क, लक्ष्मि वि.क, रमिला वि.क, विष्णु वि.क, अमर सुनार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij