दाङ ।
दुई किलो अफिमसहित रुकुम पश्चिममा दुई जना पक्राउ परेका छ्न । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ चिसापानीको ममता होटेलबाट बुधबार उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा नलगाड नगरपालिका ४ जाजरकोटका ३४ वर्सिय बिनोद रावल र सोही नगरपालिका २ का २९ वर्सिय टेक बहादुर रावल रहेका छ्न् ।
पक्राउ परेकाहरुकोबाट झोलामा सेतो कागजमा लुकाई राखेको २ पोका अफिम, ३ वटा मोबाइल र पावर बैंक फेला परेको हो ।
घटनाको विस्तृत छानबिन भइरहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठग बहादुर केसिले बताए। साथै गएको सोमबार रुकुम बाफिकोट बाट अफिस सहित १ जना पक्राउ परिसकेका छ्न् । रुकुम पश्चिमका उच्च भागमा चरेस र अफिमको अबैध खेती हुँदै आएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्