बुटवल ।
शिक्षक, कर्मचारीहरूले प्याब्सन र एनप्याब्सको निर्णयले आफूहरु मर्कामा परेको भन्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
निजी विध्यालयहरुका छाता संस्था प्याब्सन र एन प्याब्सनले विध्यालमा कार्यरत शिक्षक कर्मचारीको तलव भत्ता रोक्ने र बेतलवी बिदामा राख्ने निर्णय गरेसँगै नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनले ज्ञापनपत्र बुझाएको हो । नीजि विद्यालयका शिक्षक, कर्मचारीले उक्त्त निर्णय प्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेका छन् ।
नीजि विद्यालयका शिक्षक, कर्मचारीले उक्त्त निर्णय प्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेका छन् ।
युनियन प्रदेश ५ ले शुक्रबार प्रदेश पांचका सामाजीक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेल र इन्चार्ज हरिप्रसाद पौडेल नेतृत्वको टोलीली मागसतिको ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले नीजि विद्यालयका शिक्षक, कर्मचारीहरका समस्याको निकास निकाल्न सरकार र व्याक्तिगत तर्फबाट पहल गर्ने प्रतिवद्वता जनाउनुभयो । उहाले कोराना भाइरसका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा प्रदेश सरकार प्रभावित सबै क्षेत्रको सकेसम्म सम्बोधन गर्ने बताउनुभयो । कोराना भाइसरको बेलामा शिक्षक कर्मचारीलाई विद्यालयबाट राहात, विमा जस्ता सुविधान दिनुपर्नेमा खाइपाइ आएको तलवसमेत रोकेर प्याब्सन र एनप्याब्सनले श्रमीक र उनीहरुसंग आश्रित परिवारको गास खोस्ने काम गरेको शिक्षक, कर्मचारीहरको भनाइ छ ।
पढ्न र पढाउने पाउने अधिकार सुनिश्चित गर्दै मासिक सेवा सुविधा तत्काल उपलब्ध गराउन नीजि तथा संस्थागत विद्यालय शिक्षक युनियन प्रदेश पांचका अध्यक्ष लेखनाथ पौडेलले सरकार, प्याब्सन, एन प्याब्सन र सरोकारवाला निकायलाई आग्रह गनुृभयो । उहाले नीजि क्षेत्रका शिक्षक, कर्मचारीलाई आफुअनुकुल प्रयोग गर्न नपाइने बताउनुभयो ।
प्रदेश पांचका इन्चार्ज हरिप्रसाद पौडेलले नेपालीे शिक्षाको ठूलो हिस्सा नीजि विद्यालयका शिक्षक तथा कर्मचारीहरुको रगत पसिनामा अडिएको यथार्तलाई सरकार, विद्यालय, प्याब्सन, एन प्याब्सन र सरोकारवाला निकायहरुले बुझ्न नसक्दा आज देशका लाखौ शिक्षक, कर्मचारी भोकभोकै रहने अवस्था आएको बताउनुभयो।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्