रोटरी क्लव अफ बुटवलको १३ सय २१ औं बैठक शनिबार सम्पन्न

रोटरी क्लव अफ बुटवलको १३ सय २१ औं बैठक शनिबार सम्पन्न

बुटवल,

रोटरी क्लव अफ बुटवलको १३ सय २१ औं बैठक शनिबार सम्पन्न भएको छ ।

भर्चुअल बैठकमा सहभागी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदिपसिंह राठौरले बुटवललगायत आसपासका क्षेत्रको शान्ति सुरक्षाको अवस्था, प्रहरीले गरिरहेका कामहरु र भावी योजनाबारे जानकारी गराएका थिए ।

उनले बुटवल लागुऔषध दुव्र्यसनीको केन्द्र भएकाले यसको न्युनीकरणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको बताए । त्यस्तै मानव बेचबिखन पनि बुटवलको ठूलो समस्याको रुपमा रहेको भन्दै राठौरले यसका लागि पनि प्रहरी सक्रिय रहेको बताए ।

त्यस्तै अत्यधिक सवारीको चापले बुटवलमा सवारी दुर्घटना बढिरहेको उल्लेख गर्दै यसका लागि ट्राफिक प्रहरीलगायत सरोकारवालासँग समन्वय गर्दै दुर्घटना न्युनीकरणका लागि काम गरिरहेको पनि उनले जानकारी दिए । त्यस्तै आत्महत्या डरलाग्दो समस्याको रुपमा देखा पर्न थालेकाले यसतर्फ सामाजिक सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने खाँचों औंल्याउँदै राठौरले रोटरी जस्ता सामाजिक संघसंस्थासँग प्रहरीले सहकार्य गरी काम गर्न चाहेको बताए ।

बैठकमा सहभागी रोटरीयनहरुले बुटवलको शान्ति सुरक्षा, कोभिड–१९ ले पारेको प्रभावका कारण निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएकोमा यसको कार्यान्वयनको अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु दया भण्डारी, मणिकरत्न पाण्डे, प्राध्यापक डा. तारा उपाध्याय, पुरन श्रेष्ठ, नारायण प्रसाद पन्थ, गोपाल बस्याल, सचिव रोम शर्मा, सापव विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : शनिबार, साउन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij