लुम्बिनी- समृद्धिका लागि साझा प्रयास भन्ने मुल नाराका साथ स्थापित लुम्बिनी विकास मञ्चले लुम्बिनीमा रहेको लुम्बिनी बौद्ध विश्व विद्यालयमा यहि साउन ११ गते प्रथम साधारण सभा सम्पन्न गरेको छ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा आयोजित साधारण सभा खुला र बन्द सत्र गरि दुई चरणमा सञ्चालन गरिएको थियो। रास्ट्रीय सभा सदस्य तथा प्रमुख सचेतक माननीय खिमलाल भट्टराईको प्रमुख आतिथ्यता र लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा.तिलकराम आचार्यको विशिस्ट आतिथ्यतामा सञ्चालित खुला सत्रमा विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले मञ्चको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष अनुपा कुवरले बार्षिक आयव्यय प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा मञ्चलाई योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरिनुका साथै संस्थाका संरक्षक,सह-संरक्षक तथा आजिवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै मञ्चको सदस्यता वितरण गरिएको थियो।
खुला सत्रमा बोल्दै प्रमुख अतिथी रास्ट्रीयसभा सदस्य माननीय खिमलाई भट्टराईले लुम्बिनी वरपरका सम्पुर्ण युवाहरु एकजुटभै लुम्बिनी वरपरको समग्र भुगोल समेट्ने गरी सामाजिक तथा धार्मिक सद्भाव,एकता,शान्ति तथा मेलमिलापको सन्देश प्रवाह गर्दै शान्तीको संवाहक बनी अगाडि बढ्नु पर्ने बताउदै युवाहरुको सीप विकास गरि उनिहरुलाई सशक्तिकृत गर्दै स्वरोजगार बनाउन आफुले आफ्नो तर्फबाट प्रयास गरिरहेको र यसको सफल कार्यान्वयनमा आफू विश्वस्त रहेको जिकिर गर्नु भएको थियो।आफ्नो भनाईमा जोड दिदै उहाँले लुम्बिनी क्षेत्रको समय सान्दर्भिक आवश्यकतालाई पहिचान गरि आफुले लुम्बिनी बौद्ध विश्व विद्यालयमा लुम्बिनीकै वरिपरि सञ्चालन हुने गरि कृषि विषय पठनपाठन सञ्चालनमा ल्याउनको निम्ति सम्बन्धित निकायसँग सहकार्य र पहलकदमी गरिरहेको बताउनु भएको थियो।साथै लुम्बिनी वरपरको समग्र भौतिक पुर्वाधारहरुको विकासमा विभिन्न मन्त्रालयहरुबाट आफ्नो पहलमा विनियोजित योजनाहरु घाम जस्तै छर्लङ्ग रहेको र यसप्रती बद्नियतपुर्ण ढङ्गले सिर्जना गरिने वा गराइने कुनैपनि किसिमको भ्रमको पछाडि नलाग्न सबैमा अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि लु.बौ.विश्व विधालयका रजिस्ट्रार डा.तिलकराम आचार्यले लुम्बिनी विकास मञ्चसँग आबद्ध सम्पुर्ण युवाहरूले बुद्धका शिक्षालाई अनुशरण गर्दै बुद्ध दर्शनलाई फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरि आफुलाई सद्भाव र शान्तिका संम्वाहकको रुपमा स्थापित गर्नु पर्ने बताउनु भएको थियो। साधारण सभाको बन्द सत्रले पुरानो कार्य समिती भङ्ग गरि निर्वाचन कमिटि मार्फत निर्विरोध रुपमा सन्दीप गुप्तालाई मञ्चको विधान अनुसार दुई बर्षे कार्यकालको निम्ति अध्यक्ष पदमा चयन गरेको छ।
यो सँगै सन्दिप गुप्ताको अध्यक्षतामा क्रमस: उपाध्यक्षमा शिवनन्दन हरिजन,सचिवमा सुवास पुन, सह- सचिवमा चक्रधर चौधरी,कोषाध्यक्षमा अनुपा पौडेल क्षेत्री,सदस्यहरुमा झरना चौधरी,बालकृष्ण हमाल,सुरेन्द्र कुमार लोध,ममता घर्ती क्षेत्री,चाँदबाबु भाट र दिनेश तिवारी सहितको ११ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ। कार्यक्रमको खुला सत्र मञ्चका अध्यक्ष सन्दिप गुप्ताको सभापतित्व,मञ्चका संरक्षक शिवनाथ वरईको स्वागत मन्तव्य र मञ्चका सचिव सुवास पुनको सञ्चालनमा भएको थियो।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्