काठमाडौं ।
कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ ।उहाका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उहाले भन्नुभयो ।स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्