ईस्मा गाउँपालिका पहिरो पिडीतलाई सहयोग प्रदान

ईस्मा गाउँपालिका पहिरो पिडीतलाई सहयोग प्रदान

बुटवल ।
लायन्स क्लव अफ बुटवल, लायनेश क्लव बुटवल र लियो क्लव बुटवलको आयोजानमा गुल्मी जिल्लाको ईस्मा गाउँपालिका गएको पहिरोमा पिडीत भएका स्थानियहरुलाई सहयोग प्रदान गरिएको छ ।
लायन्स क्लवस नेपाल स्थापना भएको ५० औ स्वर्ण जयन्तीको अवसरामा ‘हंगर रिलिफ प्रोग्राम’ अन्र्तगत सहयोग प्रदान गरिएको हो ।
आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सामाजिक क्षेत्रमा क्रियाशिल ३ वटा क्लवहरुले सहयोग रकम प्रदान गरेका हुन । आईतबार गुल्मी ईस्मा सम्पर्क समाजका अध्यक्ष बाबुराम गौतमलाई पिडीजि महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब बुटवलका अध्यक्ष सञ्जय कलवार जैसवालले संयुक्त रुपमा २५ बोरा चामल सहयोग प्रदान गरेका हुन ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रीक ३२५ वि २ का डिष्ट्रिक रिलिफ चिफ अर्जुनमान शैंजु, लायनेश बुटवलका अध्यक्ष मिना श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष हिमाल भुषालको सहभागीता रहेको थियो । लायन्स आखा अस्पताल बुटवलमा आयोजना गरिएको कार्यक्रममा पहिरोबाट प्रभावित भएका हरुको लागि सामाजिक सेवा भावले सहयोग रकम प्रदान गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष सञ्जय कलवार जैसवालले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij