तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको सन्दर्भमा मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय पनि नगरपालिकाले गरेको छ ।
सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको संकट व्यवस्थापन केन्द्र सिसीएमसी को बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा हालसम्म गरिएका कामको समिक्षा गर्दै कोरोना सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, घर बाहिर निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्ने, मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
यस्तै बैक, वित्तीय एवं सहकारी संघ—संस्थाहरुमा जनस्वास्थ्य मापदण्ड र उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाई न्यून जनशक्ति परिचालन गर्नेगरी सेवा सुचारु गर्न सम्बन्धित संस्थाले व्यवस्था मिलाउने, भौतिक दुरी कायम हुन नसक्ने डेण्टल, सैलुन, ब्युटीपार्लर, हाटबजार, व्यायमशाला जस्ता सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय पनि सिसीएमसी बैठकले गरेको छ ।
विभिन्न निकाय एवं संघ—संस्थाबाट गरिने भेला, गोष्ठी, सेमिनार लगायतका कार्यहरु बन्द गर्ने एवं चाडपर्वको नाममा गरिने जमघटका कार्यहरु नगर्ने÷नगराउने, औषधिजन्य बाहेकका सबै प्रकारका व्यवसाय तथा पसलहरु साँझ ७ बजेभित्र अनिवार्य बन्द गर्ने, बन्द नगरेमा संक्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा कोरोनाको अवस्था पहिचान गर्न समुदायस्तरमा संभावित सबै क्षेत्रलाई समेट्ने गरी प्रतिनिधिमूलक रुपमा पीसीआर परीक्षणको दायरा बढाउने, संभावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाद्वारा संचालित आईसोलेसन सेन्टरको थप क्षमता विस्तार गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका घरनक्सा, राजस्व, पंजीकरण, व्यवसाय÷सहकारी दर्ता र नविकरण लगायतका सेवा प्रवाह सम्बन्धी कार्यहरु आगामी भाद्र १० गतेसम्म बन्द गर्ने, कोरोना संक्रमितको मनोबल उच्च बनाउन एवं शीघ्र स्वास्थ्य लाभमा टेवा पु¥याउन छिमेकी, ईष्टमित्र, लगायत सबैले मनोबैज्ञानिक त्रास हटाउन सहयोग पु¥याउने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij