कालोपत्रे गरेको सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको छ

कालोपत्रे गरेको सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको छ

दाङ ; दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहीद मार्ग सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको छ । ४६ करोड रुपैयाँ खर्च गरेर सडक फराकिलो पार्दै कालोपत्रे गरेको सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको हो ।

सडक छेउ भएर पानी बग्ने नाली नहुँदा र क्षमताभन्दा धेरै भार बोकेका टिप्पर चलाउँदा सडकको कालोपत्रे एक वर्षमै धुलो बनेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको भनाइ छ ।

सिल प्यासिफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४६ करोड रुपैयाँमा यो सडक कालोपत्रे गरेको थियो । आफूले पाउनु पर्ने ६ करोड बजेट अझै नपाएको र अब सडक बनाउन नसक्ने कम्पनीका इन्जिनियर दिनबन्धु काफ्लेले बताउनुभयो ।

तर शहीद मार्ग आयोजनाका कार्यालय प्रमुख विष्णुबाबु पाण्डेले भने सडक अहिलेकै अवस्थामा हस्तान्तरण हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

 

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij