कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने

कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने

काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जानरआउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जानकारी दिए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनले बताए ।

उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । हिजो पनि नरोक्ने भनेको तर आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।

‘मौखित रुपमा त हिजो पनि आएकै हो, तर आज रोकियो, भोलि पनि यस्तै हुनेसक्छ’ उनले भने, ‘डिउटीमा खटिने प्रहरीसम्म सूचना नै नपुग्दा समस्या हुने हो, हामीले पनि कुरा गरिरहेका छौं, हेरौ सहज हुनेछ ।’

 

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij