देउवा–पौडेल महाधिवेशन फागुनमै हुनेमा ढुक्क, सिटौला धुकचुक

देउवा–पौडेल महाधिवेशन फागुनमै हुनेमा ढुक्क, सिटौला धुकचुक

काठमाडौँ । कोरोना सङ्क्रमतिको ग्राफ उकालो लागेपछि नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको माहोल सेलाएको छ ।२२ असारको केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको थियो ।

उक्त बैठकले पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी शुक्रबारसम्म काठमाडौँ उपत्यकासहित करिब २ दर्जन जिल्लामा निषेधाज्ञा जारी गरेपछि परिमार्जित कार्यतालिकाको प्रारम्भिक काम नै ब्रेक लागेको छ ।

यता १० साउनभित्र सकिनुपर्ने पार्टीको अन्तरिम संरचनाको समायोजनको काम पनि काँग्रेसले अझै सकेको छैन । काँग्रेस पार्टी कार्यालयका अनुसार ६५ जिल्लामा समायोजनको काम सकिएको छ ।

अझै १२ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ । प्रदेश २ का ८ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक, मुस्ताङ र सोलुखुम्बुमा समेत समायोजनमा विवाद छ । उक्त जिल्लाहरुमा संस्थापन र इतर समूहको विवादले निर्वाचन समितिले सङ्गठन समायोजन गर्न सकेको छैन ।

साथै केही जिल्लाका केही वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको बुझिएको छ । तर काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमणकै कारण पार्टीको अन्तरिम संरचना समायोजनको काममा ढिलाइ भएको दाबी गरे । ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij