कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

काठमाडौं।

कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ ।

काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो ।

मंगलबार बिहान ६७ वर्षीय रञ्जितको निधन भएको परिवारले जनाएको हो ।

विगत ५० वर्षभन्दा बढी समयदेखि नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ समाजसेवामा पनि संलग्न रहँदै आउनुभएको थियो ।

कांग्रेसका जननायक बीपी कोइराला र सर्वोच्च नेता गणेशमान सिंह भारत प्रवासमा रहँदा उहाँपनि सँगै पार्टीको काममा सक्रिय हुनुहुन्थ्यो ।

उहाँको केही वर्षअगाडि हृदयाघात भएर शल्यक्रिया गरिएको थियो । उहाँको श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij