बुटवलका ३१ जना सहित रुपन्देहीमा आज थपिए ५० कोरोना संक्रमित

बुटवलका ३१ जना सहित रुपन्देहीमा आज थपिए ५० कोरोना संक्रमित

भैरहवा– बुटवल उपमहानगरपालिका १४ महिला १७ पुरुष गरी ३१ जना सहित रुपन्देहीमा बिहीबार ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ३३ पुगेको छ।

विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार बिहीबार साँझ ५ बजेसम्म विभिन्न ७ पालिकामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले  जानकारी दिए।

शाहका अनुसार बुटवल उपमहानगरपालिका १४ महिला १७ पुरुष गरी ३१ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ५ महिला र ४ पुरुष गरी ९ जना, तिलोत्तमामा १ जना, देवदहमा २, रोहिणीमा १, गैडहवामा २ र ओमसतियामा ४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाका संक्रमितमध्ये २१ जना महिला र २९ जना पुरुष हुन्।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ३३ पुगेको शाहले जानकारी दिए। कार्यालयका अनुसार हालसम्म रुपन्देहीमा १० जनाको मृत्यु भएको छ।

जिल्लाका विभिन्न क्षेत्रबाट ४९७ जना निको भएर फर्किसकेका छन् भने ६२६ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij