राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

काठमाडौं-ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका ६ जनामा कोरोना संक्रमण देखिएको छ।

पक्राउ परेका १९ जनामध्ये ६ जनाको पिसीआर जाँच गराउँदा कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ परेका १९ मध्ये तीन जनालाई भने यसअघि नै छाडिएको थियो।

पक्राउ परेकाहरुलाई म्याद थप गर्न लैजाने बेलामा प्रहरीले कोरोना परीक्षण गराउने गर्छ । उनीहरुको परीक्षणको रिपोर्ट आज आएको हो

संक्रमण देखिएकाहरुलाई छुट्टै राखिएको डिएसपी तामाङले बताए। रथ तान्ने क्रममा झडप हुँदा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका थिए। सो क्रममा प्रदर्शनकारीको कुटाईबाट ट्राफिक प्रहरी जवान कमल घिमिरेसमते घाइते भएका थिए।

प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij