रुपन्देही – बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।
कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका बुटवल –१३ जितगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई आज डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो । “कोरोना भाइरस सङ्क्रमण भयो भने सोचेंजस्तो सहज हुँदैन यो सङ्क्रमितहरुले अनुभव गर्नुभएको छ । त्यसैले सावधानी अपनाउन जरुरी छ ”, उहाँले भन्नुभयो ।
उच्च मनोवल राखेर कोरोनाविरुद्ध लड्नु भएका आचार्य परिवारलाई बधाई दिदै उहाँले सङ्क्रमितहरुलाई माया र हौँसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गर्नुभयो ।
उपप्रमुख आचार्यले सङ्क्रमण नहोस् भनेर सावधानी आपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताउनुभयो ।
बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना सङ्क्रमणका समयमा मात्र नभइ टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताउनुभयो ।
कोरोना सङ्क्रमण निको भएपनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्धेश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरिएको सामाजिक अगुवा दीपक पन्थीले जानकारी दिनुभयो ।
समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ ।
शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवार पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो । कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका अर्यालयका परिवारलाई वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले डिस्चार्ज पत्र प्रदान गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्