काठमाडौं।
सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिको बिहीबारको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
सरकारले खड्कालाई जर्मनी, राजभण्डरीलाई बेल्जियम र यूरोपियन यूनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफारिस गरेको थियो ।
प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली २०७५ को नियम २६ को उपनियम ९५० अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्तअनुसार राजदूतहरुको नाम सिफारिस नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रिक्त रहेका सबै देशमा एकैपटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ति गर्दा सोहीअनुसार गर्न सरकारलाई समितिले निर्देशनसमेत दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्