बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कार्यान्वयन हुँदै जाँदा संविधान सर्वस्वीकार्य भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यममन्त्री शंकर पोखरेलले कार्यान्वयन हुँदै जाँदा संविधान सर्वस्वीकार्य भएको बताएका हुन् ।
संघीयता कार्यान्वयनसगैं प्रदेश सरकार छोटो अवधिमै देखिने र सुनिने अवस्थामा आइपुगेको बताउदै मुख्यमन्त्री पोखरेलले महामारीका बेला प्रदेश सरकारले औचित्य पुष्टि गरेको र स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको दाबी गरे ।
जनआकांक्षा पूरा गर्न तहगत सरकारहरुले गरेका कामको नतिजा देखिन लागेको र अझै धेरै गर्न बाँकी रहेको बताएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रेस सल्लाहकार सेर बहादुर केसीद्धारा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराइएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्