नवलपरासीबाट ६ जना कैदीबन्दी रिहा

नवलपरासीबाट ६ जना कैदीबन्दी रिहा

परासी ।

संविधान दिवसको अवसरमा कारागार कार्यालय पश्चिम नवलपरासीबाट १ महिलासहित ६ जना कैदीबन्दी रिहा भएका छन् ।

रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका १ महिला र १ पुरुष छन् । त्यसैगरी डाँकाचोरी र सवारी ज्यानका २र२ जना रहेको कारागार प्रमुख जेलर गगनबहादुर बस्नेतले जानकारी दिए । रिहा हुने सबैको राम्रो आचरण र आधा भन्दा बढी कैद सजाय भुक्तान भएकाले बाँकी सजाय मिनाहा भएर छुटेको बस्नेतले बताए ।

यसैबीच २५ महिला र १ सय ५० गरी कुल १ सय ७५ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ४ सय ५४ जना रहेका छन्। बाहिरी जिल्लाबाट समेत कैदीबन्दीहरु पठाएका कारण क्षमता भन्दा बढी कैदीबन्दीहरु हुन पुगेको कारागार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij