लियो क्लव अफ कञ्चनको प्रशिक्षण

लियो क्लव अफ कञ्चनको प्रशिक्षण

कञ्चन-लियो क्लव अफ कञ्चन,रुपनदेहीले बिधान दिवसको अपवसरमा युवाहरुमा देखिएको बिकृति र बिसंगतीबाट अलग गराई युवाहरुलाई सामाजिक क्षेत्रमा संलग्न गराई लागुऔषध बिरुद्ध सामाजिक अभियान तर्फ सचेतना अभियान संचालन गर्न युवाहरुको भुमिकालाई प्रभावकारी बनाउन एक दिने युवा सचेतना प्रशिक्षण संचालन गरेको छ।
प्रशिक्षण कार्यक्रमलाई सहजिकरण तथा सम्वोधन गर्दै आई.पि.डि.पी. लियो ३२५ बि२का सरोज कडेंलले युवाहरुको कांधमा समाजलाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका रहने भएकोले अव युवाहरु सामाजिक अभियानमा लाग्नु पर्ने आवस्यक रहेको बताउनु भएको छ। देशका अधिक्तम युवाहरु लागु औषध दुब्र्यसनीमा फसिरहेकोले ती युवाहरुलाई घरपरिवार समाज प्रतिको उत्तरदायित्व बोध गराउन युवाहरुका साझा सामाजिक संस्था लियो क्लवमा आवद्ध गराउनु पर्नेमा जोड दिनु भएको छ।
यस्तै बिशिष्ट अतिथि लायन्स क्वल अफ कञ्चन हरैया बर्ष २०२०/०२१ का अध्यक्ष लयन राम बहादुर थापाले २९ बर्ष उमेर समूहका युवाहरु प्राय बेरोजगारीका कारण युवाहरुमा बिभिन्न बिकृति र बिसंगतीलाई प्राृत्साहित गर्ने खालका गतिबिधीहरुमा संलग्न हुदै आएकोले ती युवहरुलाई लियो क्लवमा आवद्ध गराई सामाजिक सचेतना अभियानमा नमुना युवाहरुको रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ। कञ्चन गाउ पालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायनस क्लव अफ कञ्चन हरैया बर्ष २०१९/०२०का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले कञ्चनको समृद्धीका लागि यवाहरुलाई नै सामाजिक गतिबिधीमा संलग्न बनाई सामजमा देखिएको बिसंगती बिकृति बिरुद्ध युवाहरुको अभियान संचालन गरी लागुऔषध दुरुपयोग न्युनिकरणका लागि लियो क्लव अफ कञ्चनको सकृयता हुनुपर्ने बतााउनु भएको छ ।
प्रशिक्षण कार्यक्रमा जोन ६३ का अध्यक्ष ओमकार आचार्य,लियो एरिया ४ का अधयक्ष गोबिन्द बञ्जाडे,उपाध्यक्ष फेज शाह,रिजन १२ का अध्यक्ष राजन थापा लगायतले बोल्नु भएको कार्यक्रममको अध्यक्ष लियो क्लव अफ क्ञ्चनका अध्यक्ष प्रदिप गिरीले गर्नु भएको थियो भने लयान्स कलव कञ्चन हरैयाका सचिव गण्ेश आचार्यको संचालन तथा लियो क्लव अफ क्ञ्चनका उपाध्यक्ष शुरेस ढुंगानाले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij