कांग्रेस महामन्त्री डा. कोइरालाले जिते कोरोना

कांग्रेस महामन्त्री डा. कोइरालाले जिते कोरोना

काठमाडाैं-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

शशांकले बिहीबार सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । स्बाव परीक्षणका क्रममा उनकाे रिपोर्ट नेगेटिभ देखिएको हो ।

उनले अझै केही दिन होम आइसोलेशनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिए ।

सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेशनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए ।

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा रहेका थिए ।

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij