काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो ।
तर टाउको थिएन, हात(खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक नबचोस् भनेर शव क्षतविक्षत पारिएको अनुमान लगाउन गाह्रो थिएन ।
हनुमन्ते करिडोर निर्माण भइरहेको ठाउँ आसपास क्लोज सर्किट ९सीसी० क्यामरा पनि छैन । केहीपर भएका क्यामराका फुटेज हेर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाउन सकेन । सनाखत नभएपछि अनुसन्धानले समेत गति लिन सकेको छैन ।
हालसम्म घटनाबारे यकिन भएको एउटा मात्र तथ्य हो, युवतीको विभत्स हत्या भएको छ ।
अनुसन्धान अधिकृतले शवको प्रकृति हेरेर बलात्कारपछि हत्या भएको हुनसक्ने समेत आशंका गरेका छन् । तर शव सडिसकेको अवस्थामा भेटिएकाले यकिन विवरण पत्ता लगाउन समस्या भएको छ । फरेन्सिक विज्ञानले पनि मृत्युको कारण ‘अनडिटरमाइन्ड’ भन्दै शवको चोटपटकबारे मात्रै व्याख्या गरेको छ ।
फरेन्सिक विज्ञको टोलीले १७ देखि १९ वर्षकी महिलाको शव भएको भनेको छ । शव भेटिएको १० देखि १५ दिनअघि हत्या भएको हुनसक्ने आशंका गरेको छ ।
अपराधस्थलमा केही दिन शव राखेर मात्रै खोलामा फ्याँकिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पहिल्यै ल्याएको भए, त्यहाँ आसपास काम गर्ने मजदुरहरुले शव देखिहाल्थे’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।
घटनाबारे अनुसन्धान गरिरहेका अधिकृतहरुसँग रहेको अर्को सूचना भनेको युवती ५ फिट २।३ इञ्चकी छन् र निलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी छन् ।
भक्तपुर प्रहरी परिसरले १७ चैतमा शव भेटिएलगत्तै सनाखतका लागि ७७ वटै जिल्लामा हुलिया परिपत्र गरेको थियो ।
फरेन्सिक टोलीको निष्कर्ष अनुरुप फागुन महिनादेखि शव भेटिएको समयसम्म हराएको भन्दै उजुरी परेका युवती मध्ये ८५ वटा घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । यसका लागि प्रहरी प्रधान कार्यालयमा रहेको खोजतलास डेस्कले पनि सहयोग गरेको छ ।
तर कुनै केश अनुसन्धानमा सहयोगी साबित भएन । बरु हराएका कतिपय युवती विवाह गरेर अन्य केटासँग बसिरहेको अवस्थामा फेला परे । कोही घरमा नभनी डान्स बारमा काम गर्न थालेपछि परिवारले उजुरी दिएको भेटिए ।
प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्