कञ्चन
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्ष बिच प्रदेश ५ को राजधानी दाङको भालुवाङमा हुने सहमती भए पछि शुक्रबारको प्रदेश सभाको बैठकमा प्रस्ताव प्रस्तुत भएसंगै रुपन्देहीको कञ्चन गाउपालिकामा बिरोध भएहको छ।
नेपाली कांग्रेस कञ्चन गाउ कार्यसमितको नेतृत्वमा भएको बिरोध कार्यक्रममा स्थानियहरुले बिरोध स्वरुप कञ्चनको हरैया बजारमा रांके जुलुस प्रदर्शन गरेका छन। प्रदेश ५ को राजधानी बुटवलमै कायम गर,प्रदेश ५ का मुख्यमन्त्री राजीनामा दे जस्ता नारा लगाउदै हरैया बजारमा रांके जुलुस प्रदर्शन गरेका थिए ।
रांके जुलुसलाई सम्वोधन गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ (क)का सभाध्यक्ष राम बहादुर थापाले हरेक कुराले सुबिधा समपन्न भएको रुपन्देही जिल्लाको बुटवलमा राजधानी कायम गर्नुको साटो नेकपाको बहुमतको दम्भ र कुनै एक नेताको राजनैतिक भविष्य सुरक्षित गर्ने गलत नियतका साथ दांगमा राजधानी राख्ने निर्णय गर्नु नेकपाको बौद्धिक क्षमतामा कसी लाउने बेला आएको बताउनु भएको छ।
सभापति थापाले नेकपाका नेताहरुमा ब्यक्तिवादी सोंच हावी भएको र बहुमत जनताको हितको भन्दा सिमित नेकपाका नेताहरुको राजनैतिक भबिष्यलाई हेरेर राजधानी कायम गर्नुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आगामी चुनावमा पराजित गरी गतिलो झापड दिने बताउनु भएको थियो ।
नेपाली कांग्रेस कञ्चन ३ का सभापति थम थापाको नेतृत्वमा भएको उक्त बिरोध कार्यक्रममा स्थानियहरुको सहभागित रहेको थियो ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्