बुटवलवाट राजधानी सार्न पाईदैन भन्दै कांग्रेसले आह्वान गरेको जिल्ला बन्द पुर्णरुपमा ठप्प

बुटवलवाट राजधानी सार्न पाईदैन भन्दै कांग्रेसले आह्वान गरेको जिल्ला बन्द पुर्णरुपमा ठप्प

बुटवल-बुटवलवाट प्रदेशको राजधानी सार्न पाईदैन भन्दै नेपाली काँग्रेसले आब्हान गरेको रुपन्देही बन्दका कारण जिल्लाकोे जनजिवन ठप्प भएको छ । जिल्लाका मुख्य राजमार्ग बजार पुरै सुनसान बनेका छन् । सवारी साधन चलेका छैन भने सवै वजार कलकारखान पूर्णरुपमा ठप्प रहेका छन ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका मुख्य मुख्य चोकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश ५ को राजधानी दाङको देउखुरी लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेसले आईतवार रूपन्देही जिल्ला बन्दको आह्वान गरेको हो ।
कांग्रेसले बिगत ३ दिनदेखि बिरोध प्रदर्शन गर्दै आएको छ । शनिवार बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।
रुपन्देहीबाट राजधानी सार्न प्रदेश सभा मा पेश गरेको प्रस्ताव फिर्ता गर्न कांग्रेसले माग गरेको छ । प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए । अन्तर्घाती नेकपा मुर्दावादु, रुपन्देहीलाई नै राजधानी कायम गर, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए । जिल्लाको बुटवल, योगिकुटी शंकरनगर ,मणिग्राम ,मलवाडी, कोटीहवा, भैरहवा ,वेलवास, मुगिया ,सालझण्डी ,देवदह लगायतका स्थानमा दिनभर आन्दोलनकारीले सडकमै उभिएर विरोध जनाएका थिए ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij