काठमाण्डौ
सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भए पनि थोरैले मात्र कार्यान्वयन गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्