कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने

कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने

काठमाण्डौ

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ ।

विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त अर्थात् क्लिन फिड हुनैपर्ने भन्दै मन्त्रालयले कुनै पनि बहानामा अब क्लिन फिड लागू गरेरै छाड्ने जनाएको छ ।

इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, असोज २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij