नेकपामा गम्भीर सङ्कट उत्पन्न भएकाे महासचिव पाैडेलकाे भनाइ

नेकपामा गम्भीर सङ्कट उत्पन्न भएकाे महासचिव पाैडेलकाे भनाइ

काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुरोध गर्दछु ।ु

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आउनुभएको छ ।

दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेको छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएको बताइएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij