सैनामैनामा बलत्कार बिरुद्ध मौन जुलुस

सैनामैनामा बलत्कार बिरुद्ध मौन जुलुस

रुपन्देही
रुपन्देहीको सैनामैनामा महिला हिंसा तथा बलत्कार बिरुद्ध मौन जुलुस प्रदर्शन रिएको छ । सैनामैना १० सालझण्डीमा श्री बिश्व शान्ती युवा क्लव र लायन्स क्लव अफ सैनामैनाको आयोजना तथा सैनामैना जेसिज र घरघरमा हामी छौ नामक संस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा बलत्कार तथा महिला यौन हिंसा बिरुद्ध प्ले कार्ड सहित मौन जुलुस भएको हो ।

rape2.jpg
हात तथा कपालमा कालो पत्ती लगाएर कालो पहिरनमा भएको मौन जुलुसमा मै लक्ष्मी,मै कुमारी तर हामी नै बलत्कार,अव त अति नै भयो बलत्कार बन्द गर जस्ता नारा उल्लेख गरिएको प्लेकार्ड प्रदर्शन सहित बलत्कार बिरुद्ध सांकेतिक नाटक समेत प्रस्तुत गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नै दैलो अगाडी महिला तथा बालिका बलत्कार हुदा बलत्कारीहरु उन्मुक्ती हुनु सरकार, सरकारका मन्त्री र सुरक्षाकर्मीहरु आंखामा पत्ती बांडेर बस्नुले अपराधीहरुको मनोवल बृद्धि गर्नु भएको बताएका छन ।

rape4.jpg
सैनामैना जेसिज बर्ष २०२० का अध्यक्ष सिता क्षेत्रीले दिनानुदिन महिला हिंसा र बलत्कार बढ्नु भनेको सरकार अपराधी र बलत्कारीहरुको घेराबन्दी परेको र करोडौं नागरिकहरुले बलत्कार बिरुद्ध आन्दोलन गर्दा अपराधीहरु पत्ता नलाग्नु या पत्ता लागेर पनि न्यायको कटघरामा नउभ्याइनु भनेको सरकार यो भन्दा बढी निर्दयी हुन नसक्ने बताइन । यसैगरी पत्रकार शिव डुम्रेले जनताले स्थाई सरकार निर्माण गरी देशमा शान्ती सुरक्षा कायम गर्न दुई तिहाईको बहुमत दिए पनि सरकारले हरेक दिन महिला हिंसा,बलत्कार र हत्याको श्रृंखला बढिरहेको र देशमा कुनै परिबर्तन दिन नसकेको बताउदै दुई तिहाई सहितको बहुमत सरकारले अपराधीहरुलाई संरक्षण गर्नु राणा र पञ्चायत भन्दा पनि झन क्रुर हुदै गएको बताए। यो सरकारले अपराधीहरुको पहिचान गर्छ तर अपराधीहरुले छोडेका हरेक सबुतहरु नस्ट गरी अपराधीहरुलाई लुकाउने,भगाउने र संरक्षण गर्ने कार्यले सरकार जनतको नभई भ्रष्ट र अपराधीहरुको नाइके साबित भएको पत्रकार डुम्रेले बताउनु भएको छ ।

rape6.jpg
यसैगरी बिश्व शान्ती युवा क्लवका शिसिर घिमिरेले २१ औं शताब्दीमा पनि महिला हिंसा,बलत्कार तथा हत्याको बिरुद्धमा आन्दोलन गर्नु पर्ने विडम्वना भएको बताए।दिनहु जसो भइरहने बलत्कारका बिरुद्ध हरेक गाउ र क्षेत्रहरुमा शान्तीपुर्ण मौन जुलुस गर्दै आइरहेको र आगगमी दिनहरुमा सरकारले नागरिकको आवाज सुन्न नसके यो भन्दा पनि कडा आन्दोलन र बिरोध हुने चेतावनी समेत दिए ।rape5.jpg

 

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij