भैरहवा
नवल परासीका युवा उद्योगी धिरज कुमार अग्रवाल लगातार दुई पटक सम्म उत्कृष्ट कर दाता बन्नु भएको छ ।
जिल्लाबाट सबैभन्दा धेरै आयकर बुझाउने उद्योगीका रुपमा आन्तरिक राजस्व कार्यालय भैरहवाले अग्रवाल लाई दोस्रो पटक आइतबार सम्मान गरेको छ ।
अग्रवाल नवलपरासी सुस्ता पश्चिमका उत्कृष्ट करदाता बन्नु भएको हो । आर्थिक वर्ष २०७५र७६ मा सबै भन्दा बढी कर बुझाउने अग्रवाल त्यस अघिको आर्थिक वर्ष ०७४र७५ मा समेत नवलपरासी बाट सबैभन्दा धेरै आयकर तिर्ने उद्योगी बन्नु भएको थियो ।
मारुती बिजनेश कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक अग्रवाल लाई राजस्व कार्यालय भैरहवा का प्रमुख मुक्तिराम आचार्यले प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।
९ औं कर दिवस को अवसरमा आयोजित कार्यक्रम मा मारुती विजनेश कन्सर्न लाई सम्मान गरिएको हो ।
परासी बुद्धचोकमा रहेको मारुती बिजनेश कन्शर्न प्रा.लि. २०७३ सालदेखि सञ्चालन मा रहेको छ । अग्रवाल का पिता अनिल अग्रवाल सो क्षेत्रका स्थापित ब्यवसायि हुनु हुन्छ । पिता अनिल अग्रवाले सुरुवात गरेको उक्त कम्पनिको नेतृत्व र जिम्मेवारी भने धिरज अग्रवाल ले नै सम्हाल्दै आउनु भएको छ ।
आइतबार भैरहवामा आयोजित कार्यक्रम मा रुपन्देही र नवलपरासी का सबैभन्दा बढि कर तिर्ने करदाता लाई सम्मान गरिएको थियो ।
‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मूल नाराका साथ यहि मंसिर १ गते देखि आइतबार सम्म कर सप्ताह मनाइएको हो । कर सप्ताह समापनको अवसरमा आन्तरिक राजश्व कार्यालयले विभिन्न कार्यक्रम गरेको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्